सुर्खेत/२० फागुन – मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रवार हुने भएको छ ।
विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता, माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराईको समुपस्थिति र सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका ३ हजार ८ सय ४१ जना विद्यार्थीहरू दीक्षित हुने छन् भने ८ सय ८५ जना विद्यार्थीहरूले सहभागिताको लागि आवेदन दिइएको जनाइएको छ ।
यसैगरी विभिन्न तीन वर्षको ब्याजहरूबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिस्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरू गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक पाउने विश्वविद्यालयले जनाएको छ ।



