काठमाडौं/१८ फागुन – त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आह्वान गरेको छ ।
नेपाल सरकारबाट आ.व. २०८०/०८१ को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरूबाट (अनुसन्धान केन्द्रहरू सहित ) सोह्रौँ पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा अनुसन्धान गर्नको लागि अनुसन्धान प्रस्ताव आह्वान गरिएको हो ।
अनुसन्धान सञ्चालन सम्बन्धी मापदण्ड एवं निर्देशिका २०८१ (संशोधित) अनुसार अनुसन्धानका प्रकार, प्रस्तावको ढाँचा, मूल्याङ्कन विधि एवं त्यस सम्बन्धी विस्तृत जानकारी त्रिविको वेबसाइट www.tu.edu.np मा राखिएको जनाएको छ ।
कार्यविधि अनुसार आफ्नो परियोजनाको प्रकार स्पष्ट खुलाई तीन प्रति अनुसन्धान प्रस्ताव र त्यसका डिजिटल कपी समेत यस निर्देशनालयमा चैत १३ गते दिउँसो २ः०० बजे भित्र पेस गर्नु पर्ने छ ।



