काठमाडौं/७ फागुन – त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिई तोकिएको अवधि उपभोग गरेका तर हालसम्म पनि उत्तीर्ण गरेको प्रमाणपत्र पेस नगरेका सम्बन्धित सबै शिक्षक तथा कर्मचारीहरुलाई १५ दिन भित्र प्रमाणपत्र पेस गर्न निर्देशन दिएको छ ।
विश्वविद्यालय अन्तर्गतका विभिन्न अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, विभाग तथा अन्य कार्यालयहरुका सबै विषयका शिक्षकहरु एवं सबै सेवा, समूह र श्रेणीका कर्मचारीहरुmाई सो निर्देशन दिएको हो ।
“उच्च अध्ययनको लागि अध्ययन बिदा लिई तोकिएको अवधि उपभोग गरेका तर हालसम्म पनि उत्तीर्ण गरेको प्रमाणपत्र पेस नगरेका सम्बन्धित सबै शिक्षक÷कर्मचारीहरुलाई त्रिवि जनशक्ति विकास तथा कल्याण कार्य समितिको मिति २०८१/०९/२८ को निर्णयानुसार फागुन २१ गतेभित्र त्रिवि समन्वय महाशाखामा उत्तीर्ण प्रमाणपत्र पेस गर्नुहुन सूचित गरिन्छ सूचनामा” भनिएको छ ।
अन्यथा त्रिवि नियमानुसार कारवाही प्रक्रिया अगाडि बढ्ने जानकारी जनाएको छ । साथै अध्ययन बिदाको अवधिमा शिक्षक, कर्मचारीहरुले त्रिविको बिना स्वीकृति विभिन्न सरकारी, गैरसरकारी वा नीजि संघ संस्थामा संलग्न वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भनी लिखित तथा मौखिकरुपमा व्यापक जनगुनासो सुनिन आएकोले १५ दिनभित्र सम्बन्धित शिक्षक/कर्मचारीहरुको बारेमा सो सम्बन्धमा कुनै गुनासो भएमा सप्रमाण लिखित रुपमा उजुरी दिनु सार्वजनिक रुपमा आव्हान गरेको छ ।
प्रमाणपत्र [email protected] इमेलमार्फत् पनि पठाउन सकिनेछ ।



