युवराज रेग्मी
गौरादह/३ फाल्गुन – नेपाल शिक्षक संघ गौरादह नगर कार्यसमितिको पाँचौँ प्रतिनिधि सभा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस गौरादह नगर सभापति गोपाल कोइरालाको प्रमुख आथित्य तथा शिक्षक संघ संघिय सदस्य शिवहरि ढकाल एवम् संघका जिल्ला सह–सचिव युवराज कट्टेलको विशिष्ट आथित्यता रहेको कार्यक्रममा शिक्षक संघमा आबद्ध गौरादह नगर अन्तर्गत रहेका विभिन्न विद्यालयका प्रअ एवम् शिक्षकहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।
गौरादह नगरपालिका वडा न २ स्थित वीपी स्मृति सभाहलमा आयोजित कार्यक्रममा शिक्षक संघमा आबद्ध रहेर यही वर्ष २०८१ मा अनिवार्य अवकाश हुँदै सेवा निवृत्त हुनुभएका शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।
सेवा निवृत्त हुने सम्मानित शिक्षकहरूमा भारती प्रा.वि. गौरादह ७ का प्रअ हिरालाल ताजपुरिया तथा सूर्योदय आधारभूत विद्यालय गौरादह ४ का शिक्षक वेणु प्र. अधिकारी रहेका थिए ।
शिक्षक संघ गौरादहका कार्यसमिति सदस्य जिबनाथ सिटौलाले स्वागत गरेको कार्यक्रममा शिक्षक महासङ्घ गौरादहका पूर्व अध्यक्ष बाबुराम भण्डारी, सङ्घीय सदस्य शिवहरि ढकाल, जिल्ला सह–सचिव युवराज कट्टेल, निवृत्त शिक्षक हिरालाल ताजपुरिया, प्रमुख अतिथि गोपाल कोइराला लगायतले कार्यक्रम लाई सम्बोधन गरेका थिए ।
शिक्षक संघ गौरादह नगर समिति सचिव जगत प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा शिक्षक संघ गौरादहका कार्यबाहक अध्यक्ष एबम कार्यक्रमका सभापति हेमकुमार बराल द्वारा शिक्षक संघ गौरादहको २०८१ को साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो ।



