तनहुँ/३० माघ – विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षक सुष्मा श्रेष्ठलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान हुने भएको छ । भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षक श्रेष्ठलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
कक्षाकोठामा हल्ला गरेको तथा जिस्काएको भन्दै कक्षा ४ मा अध्ययनरत ४ जना बालकको गालामा तातो पन्युले डामेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । विद्यार्थीका अभिभावकले सुष्माविरुद्ध किटानी जाहेरी दिएपछि थप अनुसन्धानका लागि प्रहरीले म्याद थपेको हो ।
बालबालिकाविरुद्धको कसुरमा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद भएको इलाका प्रहरी कार्यालय जनाएको छ । यसैगरी यस घटनालाई लिएर विद्यार्थी संघ तथा संगठनले विरोध गरेका छन् ।



