कोशी प्रदेशका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा

काठमाडौं/१४ माघ – शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय कोशी प्रदेशका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरेको छ ।


कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिने (७५ प्रतिशत) बढुवाको शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश धनकुटाको निर्णयानुसार बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको बढुवा गरेको हो ।


कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूको माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तह प्रथम श्रेणीको विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको जनाएको छ ।


बढुवा सिफारिस सम्बन्धी विस्तृत जानकारी शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश धनकुटाको वेबसाइट www.ered.gov.np र शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिने व्यहोरा सूचित गरिन्छ ।