त्रिविको शैक्षिक सुधारका लागि ३५ बुँदे सहमति

काठमाडौं/१५ पुस – त्रिभुवन विश्वविद्यालयको समग्र शैक्षिक सुधारका लागि धर्नामा बसेका स्ववियू सचिव सिद्धान्त भट्टसँग विश्वविद्यालयले सहमति गरेको छ । ३५ बुँदे माग राख्दै पुस २६ गतेदेखि उपकुलपतिको कार्यालयमा धर्नामा बसेका भट्टसँग सहमति गरेको हो ।


मागहरूलाई सम्बोधन गर्न त्रि.वि. द्वारा गठित वार्ता समिति र स्वयम् सिद्धान्त भट्ट एवम प्रतिनिधिहरु बीच भएको छलफल पश्चातका सहमति गरिएको जनाइएको छ ।


सहमति विश्वविद्यालयका उपकुलपति प्र.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी, रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र त्रिवि सभाका सभासद् बिराज अर्यालको रोहबरमा बार्ताटोली र धर्नारत विद्यार्थीले सहमति गर्दै धर्ना कार्यक्रम अन्त्य गरिएको छ ।


हेर्नुहोस सहमतिका बुँदाहरु :
१. त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रहरूलाई विश्वविद्यालयका विद्यार्थी र विभागहरुसँग जोड्न प्राध्यापकहरुले सम्बन्धित विभागमा कम्तीमा एक कक्षा लिने व्यवस्था लागू गरिनेछ र सरकारलाई आवश्यक नीति तर्जुमा गर्नका लागि अनुसन्धान केन्द्रहरूद्वारा परामर्श सेवा प्रदान गर्न सरकार एवं सरोकारवाला निकायहरूसँग संयुक्त प्रस्ताव तयार गरी पहल गरिनेछ ।


२. त्रि.वि.मा कार्यरत प्राध्यापकहरूको प्राज्ञिक एवं प्रशासनिक अभिलेखलाई अद्यावधिक गर्न शिक्षाध्यक्षको कार्यालय अन्तर्गत व्यक्तिगत प्रोफेसनल डिजिटल प्राफाइल तयार गर्ने कार्य दुई महिना भित्र कार्यान्वयनमा ल्याईनेछ ।


३. त्रिभुवन विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसहरूमा छात्रवृत्तिलाई समावेशी र पारदर्शी बनाउन त्रि.वि. को रणनितिक योजना– २०१२ मा व्यवस्था भए बमोजिम समयानुकुल परिमार्जन गरी हाल दिंदै आएको छात्रवृत्ति प्रतिशतलाई यसै आउँदो शैक्षिक सत्रदेखि बढाइनेछ ।


४. विद्यार्थीहरूमा अन्तर– विषयात्मक ज्ञान र सीपको विकास गर्न त्रि.वि.का विभिन्न विभाग र क्याम्पसहरूमा सेन्टर अफ एक्सिलेन्टमा भएको ब्यबस्था बमोजिम पठनपाठन हुने विषयहरूको क्रेडिट ट्रान्सफर हुने व्यवस्था आगामी शैक्षिक सत्र देखि कार्यान्वयन गर्दै लगिनेछ ।


५. त्रि.वि. को प्रयोगशालामा काम गर्ने प्राध्यापक कर्मचारी र विद्यार्थीहरूको दुर्घटना, उपचार खर्च र बीमाको व्यवस्था गरिने नीति कार्यान्वयन भइसकेको छ । प्रयोगशालामा उपकरण र रसायनको आवश्यक मात्रामा व्यवस्था गरिनेछ । विभाग/क्याम्पसहरूमा भएका उपकरण र रसायनहरूको विवरण सम्बन्धी सूची निर्माण गरी १ महिना भित्र सम्बन्धित प्रयोगशालामा टाँसिने छ । पठनपाठनका विषयहरूको क्षेत्र र प्रकृति अनुसार स्नातकोत्तर अध्ययन गरिसकेका विद्यार्थीहरुलाई सरकारी सेवामा प्रवेश गर्न सहज बनाउन सम्बन्धित निकायमा पहल गरिनेछ ।


६. विदेशी विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्र र उपाधिहरूको लागि समकक्षता प्रदान गर्न नेपाल । सरकारलाई अनुरोध गरिएकोमा सरकारको अनुरोध बमोजिम त्रि.वि.ले नै उक्त कार्य गर्नुपर्ने भएको र यसका लागि कार्यविधि र सफ्टवेयर पनि बनाई सकिएकाले यसै माघ महिनादेखि नै सो कार्य कार्यान्वयन गर्न प्रारम्भ गरिने छ । पाठ्यक्रम विकास केन्द्रलाई व्यवस्थित र चुस्त–दुरुस्त बनाइनेछ । समकक्षता प्रदान गर्ने कामलाई कागजात पुगेका निवेदकहरुको हकमा १ हप्ता भित्र उपलब्ध गराईने छ ।


७. डिन कार्यालय द्वारा तयार पारिएको उत्तीर्ण परीक्षार्थीहरुको विवरण बमोजिम परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रदान गरिँदै आएको ट्रान्सक्रिप्टको आधारमा सम्बन्धित डिन कार्यालयले नै दीक्षान्त कार्यक्रम समेत सञ्चालन गर्ने व्यवस्था आगामी शैक्षिक सत्रदेखि प्रारम्भ गर्नका लागि विनियम परिमार्जन वा आवश्यक देखिएमा नयाँ विनियम समेत बनाईने छ ।


८. नेपालमा स्थापना भएका विश्वविद्यालयको हकमा समकक्षता आवश्यक पर्ने वा नपर्ने नीतिगत विषय नेपाल सरकारको भएको हुंदा सो विषयमा प्राप्त हुन आउने निर्देशन अनुसार कार्यान्वयन गरिनेछ । त्रि. वि. ले दिँदै आएको समकक्षता सम्बन्धी कार्यलाई निरन्तरता दिईनेछ ।


९. विदेशी विश्वविद्यालयलाई दिइने सम्बन्धन सम्बन्धी नीति शिक्षा मन्त्रालयबाट कार्यान्वयन हुने गरेकोले शिक्षा मन्त्रालयलाई आवश्यक सुझाव दिइने छ ।


१०. थेसिस सम्बन्धी कार्यविधिमा एकरुपता ल्याइने छ ।


११. सरोकारवालाहरूकै मागअनुसार चौथो सेमेस्टरमा make-up Exam को व्यवस्था गरिएको छ र यसलाई निरन्तरता दिइनेछ साथै अन्य सेमेष्टरमा पनि यसै शैक्षिक सत्र देखि विध्यार्थीहरुको शैक्षिक – सत्र खेर नजाने गरी क्रमशः लागु गरिनेछ । तर मेडिकल काउन्सिल लगायतका संस्थाहरुबाट मापदण्ड तोकिएका विषय तथा कार्यक्रमहरुका सम्बन्धमा भने सरोकारवालासँग आवश्यक छलफल गरी निर्णय गरिने छ ।


१२. त्रि.वि.मा कार्यरत आंशिक शिक्षक र श्रेणीविहीन कर्मचारीलाई लाई अदालतको आदेश विपरीत स्वतः करार गर्ने निर्णय गरिने छैन ।


१३. त्रि.वि. सेवा आयोगले लिने परीक्षा नियमित रुपमा सञ्चालन गर्न समय तालिका निर्माण गरी अन्य आवश्यक प्रबन्ध गरिनेछ । त्रि.वि. सेवा आयोगको कार्यालयमार्फत शिक्षक तथा कर्मचारीको विज्ञापनसम्बन्धमा कर्मचारीको विज्ञापनको लागि त्रि.वि.सेवा आयोगको कार्यालयमा पठाइसकिएको छ भने शिक्षकको हकमा यहि पौष महिना भित्र विज्ञापनको लागि पठाइने छ। त्रि.वि. सेवा आयोगमार्फत प्रकाशित विज्ञापनहरुको सम्बन्धमा सम्मानीत अदालतद्वारा हुने फैसला बमोजिम गराईनेछ ।


१४. त्रि.वि.मा प्राध्यापन सेवामा प्रवेशका लागि विद्यावारिधि अनिवार्य हुनुपर्ने व्यवस्था विश्वविद्यालय क्याम्पस अन्तर्गतका विभागहरूको हकमा लागू गरिने नीति विश्वविद्यालय सभाबाट पारित भइसकेको हुँदा अन्य क्याम्पसमा पनि यो नीति क्रमशः लागू गर्दै लगिनेछ । विद्यावारिधि उपाधिउपर उजुरी परेमा तत्काल छानविन गरिनेछ ।


१५. त्रि.वि.का डिन, कार्यकारी निर्देशक, निर्देशक, क्याम्पस प्रमुख आदि लगायतका पदहरूमा नियुक्ति गर्दा पारदर्शी ढंगले खुल्ला प्रतिस्पर्धाका आधारमा गर्ने नीति अवलम्बन गरिएको छ ।


१६. त्रि.वि.मा नयाँ कार्यक्रम र विषयहरू थप्दा आंगिक सामुदायिक क्याम्पसहरुलाई पहिलो प्राथमिकता दिइनेछ । त्रि.वि.का सबै केन्द्रीय विभाग र क्याम्पसहरूले अविलम्ब रूपमा त्तब्ब् प्राप्त गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गरिनेछ ।


१७. उत्तर–पुस्तिकामा लापरवाही भएको घटनामा छानविन समितिद्वारा कारवाहीको सिफारिसमा परेकाहरुलाई कारवाहीको लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ । भविष्यमा यस प्रकारको घटना हुन नदिन वि.वि. सचेत र सतर्कसमेत छ । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुलाई प्रविधिमैत्री बनाई क्युआर कोड मार्फत अनलाइन भुक्तानिको व्यवस्थासहित काम हुने प्रक्रिया अगाडि बढाई सकिएको हुँदा सो प्रक्रियालाई १५ दिन भित्र कार्यान्वयनमा लगिने छ । विद्यार्थीहरुको गल्ती नभई कार्यालयको तर्फबाट भएको गल्तीमा विद्यार्थीका लागि पुनः शुल्क लिन नपाईने व्यवस्था गरिनेछ । पुनर्योगको लागि २० दिन आवेदन दिने र त्यसको लगत्तै २० दिनमा नतिजा प्रकाशित गर्ने गरी कार्यविधि बनाईने छ ।


१८. विश्वविद्यालय अनुदान आयोगबाट सिधै र त्रिभुवन विश्वविद्यालयले अनुसन्धान निर्देशनालय मार्फत प्रदान गर्दै आइरहेको Master Research Support, MPhil Suppor र PhD Fellowship को सङ्ख्या एवं खर्च पर्याप्त मात्रामा वृद्धि गर्न आगामी बर्ष देखि लागू हुने गरी व्यवस्था मिलाइने छ ।


१९. भर्खरै स्नातककोत्तर तह पूरा गरेका सबै संकाय र संस्थानका विद्यार्थीहरूलाई प्रतिस्पर्धाको आधारमा Assistant Research Fellowship को व्यवस्था गर्न विश्वविद्यालय अनुदान आयोगलाई अनुरोध गरिनेछ । त्रिभुवन विश्वविद्यालयले अनुसन्धान निर्देशनालय मार्फत यसै बर्ष देखि ब्यवस्था मिलाईने छ ।


२०. अदालतको आदेश बमोजिम दिइने ट्रान्सक्रिप्टमा लेखिने “अदालतको आदेश बमोजिम” भन्ने शब्दावलीलाई हटाई परीक्षा नियन्त्रण कार्यालयमा डिजिटल रेकर्ड राखी ट्रान्सक्रिप्ट प्रदान गर्न १५ दिन भित्र आवश्यक ब्यवस्था मिलाईने छ ।


२१. व्यवस्थित र सुविधासम्पन्न ५०० देखि १००० जना अट्ने सेमिनार/कन्फरेन्स हल निर्माण गर्ने प्रक्रियाको थालनी भइसकेको हुनाले अविलम्ब निर्माण कार्य अगाडि बढाइने छ । विश्वविद्यालयमा रहेका स्मृतिभवन र अडिटोरियम हललाई क्यगलम एचयया बनाउन आगामि आ.व. मा वजेटको प्रबन्ध गरिने छ ।


२२. उत्तरपुस्तिका घरमै लगी परीक्षण गर्ने परिपाटी अन्त्य गर्नका लागि पायक पर्ने स्थानमा उत्तर–पुस्तिका परीक्षण कक्षको व्यवस्था गरिने छ ।


२३. परीक्षा दिन अयोग्य (NQ) ठहरिएको विषयमा बाहेक अन्य विषयमा अयोग्य ठहराइने छैन । तर हाजिरीका सम्बन्धमा अयोग्य ठहरिएमा यो प्रावधान लागू हुने छैन । परीक्षाको मर्यादा विपरित हुने गम्भिर प्रकृतिको घटनामा बाहेक सम्बन्धित विषयको परीक्षा मात्र रद्द व्यवस्था गरिने छ ।


२४. त्रि.वि., विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विद्यार्थीहरूको लागि छात्रावासको क्षमता बढाउन नयाँ संरचना निर्माण प्रक्रिया अगाडि बढाउन ३ महिना भित्र डी. पि. आर. तयार गरी भवन निर्माणको लागि आगामि आर्थिक वर्षमा बजेट व्यवस्था गरिने छ ।


२५. विद्यार्थी सङ्ख्या न्यून भएका विषयहरूमा र दूरीका हिसावले नजिक पर्ने क्याम्पसमा अध्ययन अध्यापन गराउँदै आएका विभिन्न विषयहरुलाई मर्ज गरी प्राध्यापक र कर्मचारीहरूको दरबन्दीलाई समेत मिलान गर्ने Center for Excellence को नीति पारित भइसकेको हुंदा त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया आगामि शैक्षिक सत्रभित्र अगाडि बढाइने छ। साथै विश्वविद्यालय क्याम्पस कीर्तिपुरका विभिन्न विभाग कार्यक्रमहरूको विषयगत प्रकृतिको आधारमा स्कुल ढाँचामा लाने प्रक्रिया आगामी शैक्षिक सत्र देखि थालनी गरिनेछ ।


२६. त्रिभुवन विश्वविद्यालयमा एमएससी मेडिकल माइक्रोबायोलोजी अध्ययन गरेका विद्यार्थीहरूलाई मेडिकल काउन्सिलमा दर्ता भई सदस्यता प्राप्त गर्न सकिने व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गरिएको छ ।


२७. विश्वविद्यालयको जग्गामा अवस्थित म्याद नाघेको र विश्वविद्यालयले आवश्यक नठानेका सबै व्यवसायिक सङ्घसंस्था तथा संरचनाहरू हटाउने पहल भइरहेको छ । उनीहरूसँग रहेको बाँकी बक्यौता उठाउने कार्यलाई तीव्रता दिइनेछ । त्रिताल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने विषयमा सरकारको निर्देशन प्राप्त भएपश्चात कार्य प्रारम्भ गरिने छ ।


२८. अध्ययन विदाको समयावधि समाप्त भइसकेपछि पनि विश्वविद्यालयमा हाजिर नभएका र अध्ययन विदा लिएर पनि निर्धारित काम नगरेका प्राध्यापक एवम् कर्मचारीहरूको विवरण संकलन गरी ३ महिनाभित्र आवश्यक कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।


२९. क्याम्पसहरूमा विद्यार्थीहरूलाई उद्यमशीलताको विकास गर्ने र पढ्दै कमाउँदैको अवधारणालाई समेत लागू गर्न उत्कृष्ट प्रस्तावको आधारमा क्याम्पस परिसरमा सोभिनियर पसल, क्याफ्टेरिया जस्ता सेवा दिने गरी विद्यार्थीहरूलाई संलग्न गराउने नीतिलाई कार्यान्वयनमा लगिनेछ । Incubation Center विस्तार गर्दै कार्यविधि बनाइ कार्यान्वयनमा लगिनेछ र विद्यार्थीहरूलाई प्रभावकारी ढंगले जोड्न (त्भअजलय–कतबचत गउ) प्रविधिमैत्री नव–प्रवद्र्वनमुखी कार्यक्रम शुरु गरिने छ ।


३०. सर्वोकृष्ट अंक हासिल गर्ने विद्यार्थीका लागि निश्चित समयसम्म सहायक शिक्षक वा अनुसन्धान सहायक राख्ने व्यवस्थालाई Collaborative Research Grants (CRG) मार्फत कार्यान्वयन गरिदै आएकोमा त्यसलाई आगामी शैक्षिक सत्र बाट पूर्ण कार्यान्वयनमा ल्याईनेछ ।


३१. सर्वोकृष्ट अंक हासिल गर्ने अर्थशास्त्र र व्यवस्थापनका विद्यार्थीहरुलाई राष्ट्र बैंक, रा.वा, बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक जस्ता वित्तिय निकायहरुमा सिधै सेवा प्रवेशका लागि सम्बन्धित संस्थाहरुमा एक साता भित्र पत्र पठाइनेछ ।


३२. त्रि.वि., विश्वविद्यालय क्याम्पस कीर्तिपुरको विभिन्न विभागहरूमा हाल संचालनमा रहेका दिवाकालीन कक्षाहरू विद्यार्थी हित अनुकूल हुने गरी सम्बन्धित विभागमार्फत सिफ्ट परिवर्तन गर्ने कार्यलाई आगामि शैक्षिक सत्रदेखि अगाडि बढाइनेछ साथै क्याम्पस तथा विभागहरुमा नियमित पठनपाठनको अतिरिक्त विद्यार्थीहरुमा सीप र दक्षता अभिवृद्धि गर्ने प्रकारका कार्यक्रमलाई ६/६ महिनामा सेमिनार, वर्कशप जस्ता क्रियाकलाप आगामी शैक्षिक सत्र देखि अनिवार्य लागू गर्न पहलकदमी लिइनेछ ।


३३. त्रि.वि.का पुराना संरचनाहरु क्रमिक रुपमा अपाङ्गमैत्री बनाउंदै लगिने छ र अव उपरान्त बन्ने सम्पूर्ण संरचनालाई अपाङ्ग मैत्री संरचनाको रुपमा निर्माण गर्ने नीतिलाई विश्वविद्यालयले अंगिकार गरेको छ । भवन अभावको कारण पठनपाठनमा समस्या भइरहेका भइरहेका केन्द्रीय विभाग÷विभाग÷ कार्यक्रमहरुमा भवन निर्माणका लागि बजेटको व्यवस्था गरिने छ । विभिन्न विषयका राष्ट्रिय अन्तराष्ट्रिय; Web Science, Cambridge University Press, Pro–quest जस्ता प्रकाशनहरूबाट प्रकाशित जर्नलहरूका Q1, Q2 स्तरका अनुसन्धानात्मक लेखहरू सहजरूपमा डाउनलोड गरी पढ्ने व्यवस्था केन्द्रीय पुस्तकालयमा भइआएकोमा उक्त व्यवस्थालाई दुई महीना भित्र थप व्यवस्थित गरिने छ । साथै NepJolमा आबद्ध जर्नलमा लेख प्रकाशित गर्न विद्यार्थीहरुलाई समेत सहजीकरण गरिने छ र विभागीय पुस्तकालयमा विद्यार्थीलाइ सहज हुने गरी आवश्यक पाठ्यपुस्तक एक महीना भित्र उपलब्ध गराईने छ ।


३४. विश्वविद्यालय परिसरभित्र रात्रिकालीन आवागमनलाई सहज बनाउन विश्वविद्यालय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा सडक बत्ति राखे प्रक्रिया अन्तिम चरणमा पुगेकोले सो कार्यलाई ४५ दिन भित्र प्रारम्भ गरिनेछ । साथै विश्वविद्यालय परिसरमा 3R को सिद्धान्त अनुरूप फोहोर व्यवस्थापन गर्न विश्वविद्यालय क्याम्पसलाई अग्रसर गराइने छ ।


३५. हालै केन्द्रीय विभागमा रूपान्तरण भएका चारवटा विभागहरूमा शुल्क समायोजन गर्न आगामी कार्यकारी परिषद्को बैठकमा छलफल गरिनेछ र हाललाई विज्ञान संकायका विभागहरूमा प्रयोग गरिएको ढाँचालाई अवलम्बन गरिनेछ । साथै, शिक्षक–कर्मचारीको आवश्यक दरवन्दीको व्यवस्था गर्दै शुल्क घटाउन पुनर्विचार गरिनेछ । त्रि.वि.ले चिकित्सा शास्त्र अध्ययन संस्थानका MBBS, BDS, B=Sc= Nursing, B= Pharma जस्ता कार्यक्रम सञ्चालन गरेवापत सम्बन्धन प्राप्त क्याम्पसबाट लिनु पर्ने शुल्कका सम्बन्धमा डिन कार्यालयलाई तुरुन्त निर्देशन दिइनेछ ।


३६. त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव श्री सिद्धान्त भट्टद्वारा गरिएको धर्ना कार्यक्रम अन्त्य गर्ने सहमति गरिएको छ ।