पुस २२ गतेभित्र कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गर्नुपर्ने

काठमाडौँ /१२ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना व्यवस्थापन शाखाले कक्षा ११ र १२ का विद्यार्थी विवरण अद्यावधिक गर्न सबै विद्यालय तथा स्थानीय तहलाई निर्देशानुसार अनुरोध गरेको छ । यही पुस २२ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीको विद्यालयबाट अद्यावधिक गर्न भनिएको हो ।


“गत साउन ७ गतेभित्र अद्यावधिक गर्न भनिएपनि सो अवधिमा कक्षा ११ र १२ को भर्ना प्रक्रिया सम्पन्न नभएका कारण उक्त कक्षाका विद्यार्थीहरूको विवरण अद्यावधिक हुन नसकि समय थपका लागि विद्यालय एवम् स्थानीय तहबाट अनुरोध भै आएकोले विद्यार्थीको विवरण पुस २२ गतेसम्म विद्यालयबाट अद्यावधिक गर्न लगाउनु हुन निर्देशानुसार अनुरोध छ ” सूचनामा भनिएको छ ।


हेर्नुहोस सूचना