केयूको उपकुलपति छनोटका लागि सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन

काठमाडौँ /३० मंसिर – काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटका लागि पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । हालका उपकुलपति भोला थापको माघ ६ गतेदेखि कार्यकाल सकिनै लाग्दा एक हप्ता अगाडी नै नयाँ उपकुलपति छनोटका लागि समिति गठन गरिएको हो ।


समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य रहेका छन् । शनिबार भएको विश्वविद्यालय सभाले समिति गठन गर्ने निर्णय गरेसंगै छनोट समिति गठन गरेको विश्वविद्यालयले जनाएको छ ।