काठमाडौं/१९ मंसिर – अमेरिकाले विद्यार्थीका लागि भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खोल्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनामा आवेदनको मिति घोषणा गर्न लागेको जनाएको छ ।
अमेरिकी दूतावास काठमाडौंले एक सूचना जारी गर्दै अप्रिल २०२५ का अपोइन्टमेन्टहरू २२ जनवरी बिहान ८ बजे खुल्ने, मे २०२५ का अपोइन्टमेन्टहरू १३ मार्च बिहान ८ बजे खुल्ने, जुन २०२५ का अपोइन्टमेन्टहरू १७ अप्रिल बिहान ८ बजे खुल्ने, जुलाई २०२५ का अपोइन्टमेन्टहरू १५ मे बिहान ८ बजे खुल्ने जनाएको छ ।
विद्यार्थी भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि https://np.usembassy.gov/visas/ लिंकमा हेर्न सकिने समेत दूतावासले जनाएको छ ।