काठमाडौं/१६ मंसिर – शिक्षक सरुवामा शिक्षा नियमावली, २०५९ को नियम ९७ बमोजिम करार शिक्षक पदपूर्ति गर्ने गरी यकिन गरेर सोही अनुसारको प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आग्रह गरेको छ ।
त्यसैगरी सरूवाबाट रिक्त पद पूर्ति गर्नका लागि सरूवा सम्बन्धी सूचना जारी गर्नुपूर्व उक्त निर्देशिकाको दफा २१ मा उल्लिखित खुद पुल दरबन्दी, शिक्षक सेवा आयोगमा रिक्त पद पठाएको विवरण, निम्न माध्यमिक तथा माध्यमिक तहका हकमा विषयगत प्रावधान समेतलाई ध्यान दिई शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखसँग भिडाई सूचना जारी गर्नुहुन र कुनै अस्पष्टता भए सम्बन्धित विद्यालयका प्र.अ., सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख समेतबाट समन्वय गरी आवश्यक कार्य गर्नुपर्ने स्पष्ट पारेको हो ।
यस बारे केन्द्रमा बारम्बार सोधनी भइरहेको सन्दर्भमा यसपूर्व २०८१/०२/२५ मा केन्द्रको वेभसाइट मार्फत सूचित गरिएकोमा पुनः शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ मा भएका प्रावधानका सम्बन्धमा मन्त्रालयले थप स्पष्ट पारेको छ ।
साथै पारस्परिक सरूवा सम्बन्धमा विद्यमान शिक्षा ऐन, शिक्षा नियमावली तथा निर्देशिकामा कुनै व्यवस्था उल्लेख नभएको हुँदा ऐन, नियम तथा निर्देशिका विपरीत उक्त सरूवा सम्बन्धी कार्य नगर्नु भनिएको छ ।
हेर्नुहोस मन्त्रालयको थप स्पष्ट पारिएको सूचना ।
१. शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ७ को उपदफा १ बमोजिम रिक्त पद विद्यालयले IIs मा प्रविष्ट गरी स्थानीय तहले दफा ८ बमोजिम रिक्त पद यकिन गरी IEMIS मा अद्यावधिक भए पश्चात् उक्त पद विद्यालयले सरूवाद्वारा वा शिक्षा नियमावली, २०५९ को नियम ९७ बमोजिम करार शिक्षक पदपूर्ति गर्ने हो यकिन गरी सोही अनुसारको प्रक्रिया अगाडि बढाउनुहुन ।
सरूवाबाट रिक्त पद पूर्ति गर्नका लागि सरूवा सम्बन्धी सूचना जारी गर्नुपूर्व उक्त निर्देशिकाको दफा २१ मा उल्लिखित खुद पुल दरबन्दी, शिक्षक सेवा आयोगमा रिक्त पद पठाएको विवरण, निम्न माध्यमिक तथा माध्यमिक तहका हकमा विषयगत प्रावधान समेतलाई ध्यान दिई शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखसँग भिडाई सूचना जारी गर्नुहुन र कुनै अस्पष्टता भए सम्बन्धित विद्यालयका प्र.अ., सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख समेतबाट समन्वय गरी आवश्यक कार्य गर्नुहुन ।
२. शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०५१ को दफा १० को उपदफा (३), दफा ११ को उपदफा (२) को प्रयोजनका लागि केन्द्रमा विवरण पठाउँदा तत२अभजचम.नयख.लउ मा पठाउनुहुन ।
३. शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ जारी हुनुभन्दा अघि सरुवा भई आउने विद्यालय र स्थानीय तहको सहमति लिई प्रक्रियामा रहेको निवेदनको हकमा केन्द्रबाट यो सूचना जारी भएको मितिले १५ (पन्ध्र) दिनभित्र सरुवा भई आउने जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गरिसक्नुहुन र निर्देशिकाको दफा २१ को प्रतिबन्धात्मक आधारहरूलाई समेत विचार गरी प्रचलित ऐन, नियमावली तथा निर्देशिका बमोजिम इकाइबाट आवश्यक निर्णय गर्नुहुन ।
४. पारस्परिक सरूवा सम्बन्धमा विद्यमान शिक्षा ऐन, शिक्षा नियमावली तथा निर्देशिकामा कुनै व्यवस्था उल्लेख नभएको हुँदा ऐन, नियम तथा निर्देशिका विपरीत उक्त सरूवा सम्बन्धी कार्य नगर्नुहुन ।
५. निर्देशिकाको दफा ९ को उपदफा (१) सँग सम्बन्धित अनुसूची १ मा उल्लेख भएको व्यवस्थाका हकमा सरूवा हुन चाहेको विद्यालय एउटै स्थानीय तहको भए हाल कार्यरत विद्यालयको सहमति, एउटै जिल्ला भित्रको फरक स्थानीय तह अन्तर्गतका विद्यालय भए आफू कार्यरत विद्यालय र कार्यरत विद्यालय रहेको स्थानीय तहको सहमति र सरुवा भई जाने विद्यालय अर्को जिल्ला अन्तर्गतको विद्यालय भए हाल कार्यरत विद्यालय, विद्यालय रहेको स्थानीय तह र कार्यरत विद्यालय रहेको इकाइको सहमति समेत समावेश गरी अनुसूची १ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु गराउनुहुन ।



