काठमाडौं/६ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. कुनै पाँचवटा सिकाइ सिद्धान्तहरूका बारेमा चर्चा गर्नुहोस् । शिक्षण सिकाइ प्रक्रियामा सिद्धान्तहरूको प्रयोगको महत्व स्पष्ट पार्नुहोस् । माध्यमिक शिक्षा प्रणालीमा सिकाइ सिद्धान्तहरूको व्यवहारिक प्रयोगको उदाहरण दिनुहोस् ।
२. विद्यालय तहको विद्यमान पाठ्यपुस्तकहरूको समीक्षा गर्नुहोस् । पाठ्यपुस्तक निर्माण गर्दा कस्ता कुराहरुमा ध्यान दिनुपर्छ चर्चा गर्नुहोस् । पाठ्यपुस्तकको सामग्री, प्रस्तुति र सन्दर्भहरूको विविधताको दृष्टिकोणबाट मूल्याङ्कन गरी सुधारका लागि सुझाव दिनुहोस् ।
३. पाठ्यक्रम निर्माण प्रक्रियाका बारेमा लेख्नुहोस् । पाठ्यक्रमको मूल्याङ्कन, परिमार्जन र कार्यान्वयनको चरणहरू के कस्ता हुन्छन् ? विद्यालय तहमा पाठ्यक्रम निर्माणका लागि पाठ्यव्रmम निर्माणका चरणहरूको महत्व कस्तो रहेको हुन्छ ?
४. प्राविधिक तथा व्यावसायिक शिक्षाका विशेषताहरु लेख्नुहोस् ? दैनिक जसो यसको महत्व किन बढीरहेको छ ? यसले विद्यार्थीको समग्र विकास र रोजगारीका अवसरहरूमा कसरी टेवा पु¥याउँछ आफ्नो विचार प्रस्तुत गर्नुहोस् । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको वर्तमान अवस्था र यसको सुधारका उपायहरू पनि उल्लेख गर्नुहोस् ।



