काठमाडौं/२७ असोज – प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न तहमा पदपुर्तिका लागि आवेदन माग गरेको छ । लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरूबाट विद्युतीय माध्यमवाट दरखास्त आह्वान गरेको हो ।
आयोगले अधिकृत सातौँ तहका (अप्राविधिक/प्राविधिक) पदहरूको अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि,अधिकृत आठौं तह स्वस्थ्य सेवाका लागि, अधिकृत सातौँ तहका (अप्राविधिक/प्राविधिक) पदमा कार्यसम्पादनद्धारा बढुवाका लागि दरखास्त आह्वान गरेको छ ।
उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली (www.ppsc.online.lumbini.gov.np) बाट अनलाइन दरखास्त दिनु पर्नेछ ।