शिक्षक बढुवा परीक्षा तथा मूल्याङ्कन सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट १५.१)

काठमाडौं/२३ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : परीक्षा तथा मूल्याङ्कन


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. मूल्याङ्कनको अवधारणा भनेको के हो ? निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबीचको मुख्य भिन्नता लेख्नुहोस् । यी दुबै मूल्याङ्कनलाई शिक्षक शिक्षण प्रक्रियामा कसरी प्रयोग गर्न सकिन्छ ?


२. विशिष्टीकरण तालिका भनेको के हो ? विद्यालय स्तरमा प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माणमा यसको भूमिका के हुन्छ ? उदाहरणसहित स्पष्ट गर्नुहोस् ।


३. परीक्षा बाहेकका मूल्याङ्कनका विधिहरूमा अवलोकन, विद्यार्थी पोर्टफोलियो व्यवस्थापन र श्रेणीमापनको भूमिका स्पष्ट गर्नुहोस् । यी विधिहरूले विद्यार्थीको समग्र उपलब्धि र क्षमतालाई विभिन्न कोणबाट कसरी विश्लेषण गर्छन् ?


४. निरन्तर मूल्याङ्कन प्रणालीको प्रक्रिया भनेको के हो ? यसको सूचकहरू, अभिलेखीकरण प्रक्रिया, विद्यमान अभ्यास र समस्याहरू के रहेका छन् ? समस्याहरू समाधान गर्न के उपायहरू अपनाउन सकिन्छ ?


हेर्नुहोस भिडियो