काठमाडौं/१९ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शिक्षक व्यवस्थापन तथा पेसागत विकास
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. शिक्षक व्यवस्थापन अन्तर्गत शिक्षक भर्ना, छनोट र सरुवाका प्रमुख चुनौतीहरू के–के रहेका छन् ? तिनको समाधानका लागि उपयुक्त उपायहरू प्रस्तुत गर्नुहोस् ।
२. संघीय संरचनामा शिक्षक तयारी र आपूर्तिमा देखिएका चुनौतीहरूको विश्लेषण गर्नुहोस् र तिनको समाधानका लागि के–के उपायहरू अपनाउन सकिन्छ ? उदाहरणहरू सहित व्याख्या गर्नुहोस् ।
३. अध्यापन अनुमतिपत्रको अवधारणाको औचित्य के रहेको छ ? भविष्यमा यसको सुधार र विकासका लागि के–के रणनीतिहरू लागू गर्न सकिन्छ ?
४. शिक्षकको पेसागत विकासका प्रयासहरू र तिनले दिएको उपलव्धिहरु के के रहेका छन् ? ती प्रयासहरूसँग सम्बन्धित समस्या र तिनको समाधानका उपायहरूको विश्लेषण गर्नुहोस् ।



