काठमाडौं/१६ असोज – विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूलाई अनुदानका लागि आवेदन माग गरेको छ ।
आयोगले सम्बन्धन प्राप्त समुदायिक क्याम्पसका लागि संसथागत विकास अनुदान, भोतिक सुविधा विकास कार्यक्रम, उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्तिलगायतका विभिन्न कार्यक्रमहरूका लागि आवेदन माग गरेको हो ।
उक्त कार्यक्रमहरु आर्थिक वर्ष २०८१ २०८२ मा सञ्चालन गर्ने भएकाले सरोकारवालाहरूले आयोगको कार्यक्रम कार्यविधि, २०८१ मा तोकेबमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।
हेर्नुहोस सूचना




