काठमाडौं/२ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. शिक्षकको पेशागत विकासका लागि शिक्षक सक्षमताहरु उल्लेख गर्नुहोस् । उक्त सक्षमताहरुको विकास र प्रयोगमा शिक्षकका पेशागत संघ संगठनहरुको भूमिका के कस्तो हुन सक्छ ? समीक्षा गर्नुहोस् । ४+६
२. कोभिड–१९ तथा यस्तै प्रकारका विभिन्न विपद् र महामारीका समयमा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको आवश्यकता र महत्व लेख्नुुहोस् । कोभिड–१९ का कारणले भएको बन्दावन्दी (Lockdown) मा विद्यार्थीको सिकाइ सहजीकरणका लागि तपाईको विद्यालयले अवलम्वन गरेका कार्यहरुको, टिपोट गर्दै, भोलिका दिनका लागि के कस्तो तयारीमा रहनुपर्छ ? उल्लेख गर्नुहोस् । २+४+४
३. बहुकक्षा बहुस्तर शिक्षण भन्नाले के बुझिन्छ ? कक्षा १–३ मा शिक्षण गर्दा यसले शिक्षण सिकाइमा कस्तो सहयोग पु¥याउँछ ? बुँदागत रुपमा उल्लेख गर्दै यसका सीमाहरु समेत उल्लेख गर्नुहोस् । २+४+४
४ निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको भिन्नता उल्लेख गर्नुहोस् । पठनपाठनको गुणस्तर अभिवृद्धिका लागि प्रश्न विश्लेषण र नतिजा विश्लेषणको महत्व दर्शाउनुहोस् । ४+६
५. अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था सम्बन्धमा भएका कानूनी प्रावधानहरु उल्लेख गरी तिनको कार्यान्वयनमा देखिएका समस्याहरु प्रस्तुत गर्नुहोस् । उक्त समस्याहरु समाधानका लागि सुझावहरु पेस गर्नुहोस् । ३+३+४
६. कक्षाकोठा व्यवस्थापन भनेको के हो ? नेपालका सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापनको विद्यमान अवस्थालाई चित्रण गर्दै यसमा देखिएका समस्या र समाधानका व्यावहारिक उपायहरु प्रस्तुत गर्नुहोस् । २+२+३+३



