त्रिविको दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाईन आवेदन माग

काठमाडौं/२० भदौं – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५० औं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाईन आवेदन फाराम भर्न आग्रह गरेको छ ।


२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्ममा सेमेस्टर तथा वार्षिक प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि तह पुरा गर्नेहरूले मात्रै भर्न पाउने विश्वविद्यालयले जनाएको छ ।


दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट convocation.tuexam.edu.np मा हेर्न सकिने छ ।