काठमाडौं/१६ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत नेपाली भाषा शिक्षणमा प्रयोग गरिने शिक्षण विधिहरू तथा मूल्याङ्कनका प्रचलित युक्ति तथा साधनहरूबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : नेपाली भाषा शिक्षणमा प्रयोग गरिने शिक्षण विधिहरू तथा मूल्याङ्कनका प्रचलित युक्ति तथा साधनहरू
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. आधारभूत तहको कक्षा ४–५ मा नेपाली भाषामा भाषिक सिप शिक्षण गर्दा प्रयोग गरिने शिक्षण विधिहरू उल्लेख गर्दै लेखाइ सिप विकासका लागि गरिने शिक्षण सिकाइ क्रियाकलाप र प्रयोग गरिने शिक्षण सामग्रीहरू उल्लेख गर्नुहोस् । ४+३+३=१० (खुला प्रतियोगितात्मक विषयगत परीक्षा – २०७९)
२. नेपाली भाषा शिक्षणमा प्रयोग गरिने कस्ता शिक्षण विधि प्राथमिक तहका विद्यार्थीहरूका लागि प्रभावकारी हुन्छन् ? उदाहरण सहित वर्णन गर्नुहोस् ।
३. नेपाली भाषाको पाठ्यपुस्तक प्रयोग गर्दा शिक्षकले कुन–कुन शिक्षण विधिहरू अपनाउन सक्छन् ? कुनै दुई शिक्षण विधिहरू उल्लेख गर्दै उपयोगिताबारे चर्चा गर्नुहोस् ।
४. प्राथमिक तहका विद्यार्थीहरूको भाषिक सीप मूल्याङ्कन गर्न कस्ता प्रचलित युक्ति तथा साधनहरू प्रयोग गर्न सकिन्छ ? कुनै दुई ओटा मूल्याङ्कनका साधनहरुको प्रयोग गर्ने तरिका उल्लेख गर्नुहोस् ।



