काठमाडौं/३ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ नौः स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला अन्तर्गत शारीरिक शिक्षाका आधारभूत सीपहरुबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पा्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : गतिशील अवस्थाका सीपहरु (दौड, रिलेखेल, हाइजम्प, लम्जम्प आदि), स्थिर अवस्थाका सीपहरु, साधारण तथा स्थानीय खेलहरु, कवाज र शारीरिक व्यायम, योग, योगासन र योगाभ्यास
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. गतिशील अवस्थाका सिप र स्थिर अवस्थाका सिपको सामान्य परिचय दिई आधारभूत तहमा गतिशील अवस्थाका सिप कसरी सिकाउन सकिन्छ ? स्पष्ट पार्नुहोस् । २+३ (शिक्षक सेवा आयोगबाट २०८० सालमा सोधिएको)
२. शारीरिक शिक्षामा आधारभूत सीपहरुको महत्व के रहेको छ ? शारीरिक शिक्षामा आधारभूतसीपहरुले विद्यार्थीहरुको शारीरिक र मानसिक स्वस्थ्यमा कसरी सकारात्मक प्रभाव पार्दछ ?
३. गतिशील अवस्थाका सीपहरुको प्रशिक्षणमा ध्यान दिंदा दौड, रिलेखेल, हाइजम्प र लम्जम्प जस्ता क्रियाकलापहरुले शारीरिक सन्तुलन, शक्ति र सहनशक्तिमा सुधार गर्न कसरी सहयोग गर्छन् ? प्राथमिक तहमा आधारभूत सीप सम्बन्धी शिक्षण गर्न कस्ता व्रिmयाकलापहरु प्रभावकारी हुन्छन् ।
४. स्थिर अवस्थाका सीपहरु (जस्तै, योगासन, स्थिर ध्यान, तौल उठाउने अभ्यासहरु) मा विद्यार्थीहरुलाई दक्ष बनाउन के के गर्नु पर्दछ ? स्थिर अवस्थाका यी सीपहरु अभ्यास गर्नाले विद्यार्थीहरुको शारीरिक सुदृढता र मानसिक स्थिरता कसरी वृद्धि हुन्छ ?
५. साधारण तथा स्थानीय खेलहरुको संरक्षण र प्रवद्र्धन किन गर्नु पर्छ ? यी खेलहरुले समुदायमा सामाजिक सद्भाव बढाउन र शारीरिक शिक्षामा विविधता ल्याउन कसरी योगदान पु¥याउँछन् ?
६. कवाज र शारीरिक व्यायाम अभ्यास गर्दा विद्यार्थीहरुको अनुशासन, एकता र शरीरको समन्वय क्षमतामा कस्तो सुधार आउँछ ? यी अभ्यासहरुले विद्यार्थीहरुको नेतृत्व क्षमता र आत्मविश्वास बढाउन कसरी मद्दत पु¥याउँछ ?
७. प्राथमिक तहमा गरिने योग, योगासन र योगाभ्यास बारेमा जानकारी दिई योगबाट हुने लाभ लेख्नुहोस् । योग, योगासन र योगाभ्यासको अभ्यासले प्राथमिक तहका बालबालिकाको सिकाइ प्रव्रिmयामा कस्तो परिवर्तन ल्याउँछ ? योग सिकाउनका लागि पाठ योजना निर्माण गर्नुहोस् ।



