काठमाडौं/३ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ नौ स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला अन्तर्गत प्राथमिक उपचारबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम ः परिचय, महत्व, पारिवारिक र सामुदायिक स्वास्थ्य सेवा, घर, विद्यालय र खेल मैदानमा हुने दुर्घटना, प्राथमिक उपचार तथा दुर्घटनाबाट बच्ने उपायहरु, धुम्रपान, मध्यपान र लागू पदार्थको दुव्र्यसनबाट व्यक्ति, परिवार र समाजलाई पर्ने असर र यसबाट बच्ने उपाय
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. धुम्रपान, मद्यपान र लागू पदार्थको दुव्र्यसनबाट परिवार र समाजलाई पार्ने कुनै ५ असरहरु उल्लेख गर्नुहोस् । (शिक्षक सेवा आयोगबाट २०७९ सालमा सोधिएको)
२. प्राथमिक उपचार भन्नाले के बुझिन्छ ? कक्षा ४–५ मा यसको शिक्षणमा प्रयोग गरिने चरणहरू उदाहरण सहित उल्लेख गर्नुहोस् । २+३ (शिक्षक सेवा आयोगबाट २०८० सालमा सोधिएको)
३. प्राथमिक उपचारको अवधारणा र यसको महत्वलाई स्पष्ट पार्नुहोस् । यसले मानिसको जीवनमा कसरी सकारात्मक प्रभाव पार्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।
४. पारिवारिक र सामुदायिक स्वास्थ्य सेवामा प्राथमिक उपचारको योगदान के रहेको हुन्छ ? यसले सामुदायिक स्वास्थ्यलाई कसरी सुधार गर्न सक्छ ?व्याख्या गर्नुहोस् ।
५. घर, विद्यालय र खेल मैदानमा दुर्घटनाबाट बच्नका लागि कुन सुरक्षात्मक उपायहरू प्रभावकारी हुन्छन् ? यस्तो दुर्घटना हुँदा प्राथमिक उपचारका कुन विधिहरू प्रभावकारी हुन सक्छ ? व्याख्या गर्नुहोस् ।
६. धुम्रपान, मध्यपान र लागू पदार्थको दुव्र्यसनले व्यक्ति, परिवार र समाजलाई कुन–कुन क्षेत्रमा असर पु¥याउँछ ? यसबाट बच्नका लागि के–कस्ता रणनीतिहरू अपनाउन सकिन्छ ? विस्तृत रूपमा चर्चा गर्नुहोस् ।
७. धुम्रपान, मध्यपान र लागू पदार्थको दुव्र्यसनबाट व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने दीर्घकालीन प्रभावहरू के–के हुन् ? तिनबाट बच्नका लागि प्रभावकारी उपायहरू के के रहेका छन् ?



