नवलपरासी (पूर्व)/३० साउन – निवर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरी जारी गरेको शिक्षक सरुवा कार्यविधि निर्देशिका २०८१ उपयुक्त छ । कम्तीमा पनि वर्षमा ३/४ पटक परिवर्तन हुने शिक्षा मन्त्रीहरूले सिन्को नभाँची विदा हुने गरेकोमा सुमनाले ४ महिने कार्यकालमा एउटा राम्रो काम गरेर गएकी छन्, त्यो हो शिक्षक सरुवा व्यवस्थापन ।
शिक्षक सरुवामा दलीय प्रभाव, आर्थिक लेनदेन र नातावादले निकै महत्त्व पाएको थियो । संघ, संगठन र महासङ्घ जस्ता दलका भातृसंस्थाहरू (भन्दा शुभेच्छुक) ले आफ्ना सदस्यहरूलाई भनसुन, घुस र नाताको आधारमा सरुवा गर्दै आएकोमा व्यापक आलोचना हुँदै आएको थियो । यो सरुवा कार्यविधिले तिनिहरूको निद हराम भएको छ । वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईलाई पनि उक्त कार्यविधि सकारात्मक लागेको हुनुपर्छ ।
दलका झुन्डहरू, चाकरीबाजहरू, पैसामा चलखेल गर्न नपाएका, दलको कोटाबाट समितिमा प्रवेश गरेका केही थान विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले कार्यविधि खारेज गराउन शिक्षा मन्त्रीलाई भेटेर फोटो खिचेको देखियो ।
दलका झुन्डहरू, चाकरीबाजहरू, पैसामा चलखेल गर्न नपाएका, दलको कोटाबाट समितिमा प्रवेश गरेका केही थान विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले कार्यविधि खारेज गराउन शिक्षा मन्त्रीलाई भेटेर फोटो खिचेको देखियो । बर्षौँसम्म सेवा गरेका शिक्षकहरू दुर्गममा सेवा गरिरहनु पर्ने, एकाध वर्ष सेवा गरेका जुनियरहरूलाई तुरुन्तै सरुवा चाहिने व्यवस्था कदापि उचित थिएन । मोटो रकम लिएर सरुवा गर्ने विभिन्न भ्रष्टाचारीहरूलाई यो कार्यविधिले कमाउने व्यापार चौपट्टै भएकोले विरोध गरेका छन् । जागीर खाने बेला जहाँ नियुक्त भए पनि स्थायी हुन पाए हुन्थ्यो भनी प्रक्रियामा सामेल भएकाहरूलाई घर आँगनमै तुरुन्तै सरुवा चाहिने भए किन आयोगको परीक्षा दिएको ?
मन्त्री ज्यू, आम शिक्षकहरू यो कार्यविधिको पक्षमा हुनुहुन्छ । तसर्थ आवश्यक बुँदाहरू परिमार्जन गर्न सकिन्छ । अन्यथा यो कार्यविधिलाई निरन्तरता दिई आम शिक्षकहरूको भावनाको कदर गर्नुहुन अनुरोध छ । कार्यविधि खारेज गरेर शैक्षिक अराजकता निम्त्याउनु हुदैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।
कुसुम न्यौपाने, शिक्षक, जनता मा वि मंगलचौर, अरुणखोला, नवलपरासी (पूर्व)



