काठमाडौं/२६ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ पाँच सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गत ऐतिहासिक गतिविधिबाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : नेपालको प्राचीनकाल लिच्छवी काल र मल्लकालको सामान्य जानकारी, आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदान, वि.सं. २००७ सालको क्रान्तिका उपलब्धी, नेपालमा सङ्घीय गणतन्त्रको परिचय र विशेषता
नमुना प्रश्नोत्तरहरु
१. नेपालको लिच्छवि काल र मल्लकालको ऐतिहासिक महत्वको वर्णन गर्नुहोस् । लिच्छवि काल र मल्लकालका शासकहरुले गरेका प्रमुख योगदानहरूको चर्चा गर्नुहोस् ।
२. आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदान लेख्नुहोस् । पृथ्वीनारायण शाहले देशलाई एकीकृत गर्न अपनाएका रणनीतिहरू र तिनका परिणामहरू लेख्नुहोस् ।
३. वि.सं. २००७ सालको क्रान्तिका प्रमुख उपलब्धिहरू के थिए ? वि.सं. २००७ सालको क्रान्तिका प्रमुख उपलब्धिहरूले नेपालको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा कस्तो प्रभाव पारेको पाइन्छ ?
४. नेपालको सङ्घीय गणतन्त्र प्रणालीलाई परिभाषित गर्नुहोस् । सङ्घीय गणतन्त्र प्रणालीको प्रमुख विशेषताहरू के के रहेका छन् ? सङ्घीय गणतन्त्र प्रणालीले देशको शासन प्रणालीमा ल्याएको परिवर्तनहरूको चर्चा गर्नुहोस् ।
५. मल्लकालको सांस्कृतिक र कलात्मक योगदानहरू के रहेका थिए रु मल्लकालको सांस्कृतिक र कलात्मक योगदानहरूले आधुनिक नेपाली संस्कृतिमा कसरी प्रभाव पारेको छ ?



