काठमाडौं/१० साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दुईः बाल मनोविज्ञान अन्तर्गत बालमनोविज्ञान बाट नमूना विषयगत प्रश्नोत्तरको भिडियोसहित दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : अर्थ, क्षेत्र, आवश्यकता र महत्व ।
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. बालमनोविज्ञान भन्नाले के बुझिन्छ रु यसले समेट्ने क्षेत्रहरु के के रहेका छन् ? लेख्नुहोस् ।
२. बालमनोविज्ञानको अनुसन्धानले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा कस्तो भूमिका खेल्छ ?
३. बालबालिकामा कस्ता किसिमका मनोवैज्ञानिक समस्याहरू हुने गर्दछन् ? मनोवैज्ञानिक समस्या समाधानका उपायहरू के के रहेका छन् ?
४. बालमनोविज्ञानको महत्वपूर्ण पक्षहरूलाई व्यावहारिक जीवनमा उपयोग कसरी गर्न सकिन्छ ?
५. बालमनोविज्ञानको अध्ययनको आवश्यकता किन महत्वपूर्ण रहेको छ ? लेख्नुहोस् ।



