काठमाडौं/१८ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरुको अध्ययनका लागि गठित विज्ञ समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।
पूर्व सचिव शंकर कोइरालाको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिले दिएको ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरुको अध्ययनका लागि गठित विज्ञ समितिको प्रतिवेदन, २०८१’ सार्वजनिक गरेको हो ।