काठमाडौं /१८ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । नेपालका विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयवाट जारी भएका शैक्षिक योग्यताका प्रमाणपत्रको प्रमाणीकरण गरिने कार्यलाई प्रक्रियागतरुपमा सरल, सहज, व्यवस्थित, प्रभावकारी र वास्तविकतामा आधारित बनाई सेवाग्राहीलाई सेवा प्रदान गर्ने उदेश्यले कार्यविधि स्वीकृत गरेको हो ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ९ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो आन्तरिक कार्य प्रक्रियालाई व्यवस्थित गर्न यो कार्यविधि बनाउको जनाएको छ ।