बुधवार एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

काठमाडौँ /११ असार – राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार १२ गते (बुधवार) सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नतिजाको लागि अन्तिम चरणका काम भईरहेको र बुधवार बिहानसम्म सम्पूर्ण काम सकिए अपराह्नसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।


बोर्डले यस वर्षको एसईई नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ । एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।