काठमाडौँ /८ असार – विद्यार्थीहरूको सिक्ने तरिका फरक होस भन्ने उदेश्यले काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले कथा कथन भाग २ कार्यक्रम सम्पन्न गरेको छ । उनीहरूको सिकाईलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले नै लेखेका कथाहरूलाई प्रस्तुत गरिएको थियो ।
शुक्रवार आयोजना गरिएको कार्यक्रममा विद्यालयले कक्षा ३ का विद्यार्थीहरूलाई उनीहरूले नै परिकल्पना गरेर लेखेका कथाहरूलाई वाचन तथा नाटकका रूपमा प्रस्तुत गरेर विभिन्न सन्देश दिएका थिए ।
विद्यार्थीहरूले वर्ष भरी सिकेको सिकाई, आफूले जीवनमा भोगेका कुरा र प्रयोगात्मक कक्षा अन्तर्गत कथा लेखेर प्रस्तत गरेका थिए । यो कार्यक्रम हरेक वर्ष कक्षा अनुसार फरक तरिकाले आयोजना गरिने विद्यालयकी प्रिन्सिपल सुनीता पौडेलले जानकारी दिइन ।
विद्यार्थीहरूले नै लेखेका कथाहरू वाचन तथा नाटकका रूपमा प्रस्तुत गर्दा विद्यार्थीको सिकाई फरक हुने उनीहरुलई सिकाउन र बुझाउन सहज हुने बताइन । साथै विद्यालयले विद्यार्थी केन्द्रीत अन्य विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आएको छ ।



