अत्यधिक गर्मी भएपछि बिहानी सत्रमा विद्यालय सञ्चालन

दाङ /४ असार – अत्यधिक गर्मीका कारण दाङको शान्तिनगर गाउँपालिकाले बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । सञ्चालित विद्यालयहरूमा पठनपाठनको निरन्तरतामा एकदमै कठिनाइ भएको देखिएकोले सो निर्देशन दिएको हो ।


गाउँपालिकाले वार्षिक विदाबाट कट्टी हुने गरि विद्यालयमा विदा दिए पनि गर्मी कम नभएपछि मंगलबार देखि बिहानी सत्रमा ( ०६ः०० – १०ः०० बजे सम्म) पठनपाठन सञ्चालन हुने व्यवस्था मिलाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू निर्देशन दिएको छ ।


साथै मौसममा परिवर्तन भई नियमित कक्षा सञ्चालन हुने परिस्थिति सिर्जना भएमा सोही अनुसार नियमित समयमा विद्यालयको पठनपाठन सञ्चालन हुने जनाएको छ ।