गर्मीले हेटौंडाका विद्यालय दुई दिनलाई बन्द

मकवानपुर/३० जेठ – हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेपछि बुधबार एक सूचना जारी गर्दै विद्यालयहरू दुई दिन बन्द गर्ने भएको हो ।


अत्यधिक गर्मीसँगै विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले वर्षे बिदाबाट कट्टी हुनेगरी जेठ ३१ र ३२ गते विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ ।