शिक्षाको नीति,कार्यक्रम तथा वजेट विवरण पुस्तिका सार्वजनिक (हेर्नुहोस)

काठमाडौं/३० जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा वजेट विवरण पुस्तिका सार्वजनिक गरेको छ । आगामि आर्थिक वर्षका लागि सरकारले शिक्षामा छुट्याएको २ खर्ब ३ अर्ब ६६ करोडको बजेटका आधारमा वजेट विवरण पुस्तिका सार्वजनिक गरेको हो ।


शिक्षमा विनियोजन गरिएको कुल बजेटमा स्थानीय तहलाई ७० प्रतिशत,संघलाई २८ प्रतिशत र प्रदेशलाई २ प्रतिशत रकम विभाजन गरेको छ ।


सार्वजनिक गरिएको पुस्तिकामा विश्वविद्यालय अनुदान आयोगका लागि सबै भन्दा बढी रकम ३३.२१ प्रतिशत बजेट विनियोजन गरिएको छ भने त्यसपछिको शिक्षक सेवा निवृत्तका लागि ३२.९३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।


हेर्नुहोस पुस्तिका