चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन माग

काठमाडौँ /२९ जेठ – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्न आव्हान गरेको छ । शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन माग गरेको हो ।


आयोगले इच्छुक योग्यता पुगेका उम्मेदवारहरूबाट यही जेठ ३० गते असार १८ गते मङ्गलवार अपरान्ह ५ः०० बजेसम्म र असार १८ गते अपरान्ह ५ः०० बजेपछि २५ गते अपरान्ह ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सकिने जनाएको छ ।


आवेदन आयोगको वेभसाइट http://entrance.mec.gov.np मार्फत अनलाइन आवेदन दिन सकिन्छ ।