काठमाडौँ /२७ चैत – ललितपुरको टिकाथली स्थित किन्डरजोय मन्टेश्वरी स्कुलले शैक्षिक सत्र २०८१ देखि एकीकृत स्टिम शिक्षण विधि प्रयोग गर्ने भएको छ । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनको सहकार्यमा एकीकृत स्टिम पेडागोजिकल एप्रोचलाई शैक्षिक पाठ्यक्रममा समेट्दै पाठ्यक्रमको उपयोगितामा स्तरोन्नति गर्ने भएको हो ।
एकीकृत स्टिम पेडागोजिकल एप्रोचलाई शैक्षिक पाठ्यक्रममा समेट्दै पाठ्यक्रमको उपयोगितामा स्तरोन्नति गर्ने, विद्यालयको उद्देश्य, लक्ष्य अनुरूप विभिन्न क्रियाकलापहरू निर्माण गर्ने जस्ता विविध शैक्षणिक गतिविधिहरूमा क्रमिक विकास गर्दै शिक्षकहरूको सक्षमता तथा पेसागत अभिवृद्धि गरी विद्यार्थीको समग्र विकास गर्नको लागि सहकार्यले ममत्वपूर्ण भूमिका निर्वाह गर्ने स्कुलका प्रिन्सिपल रिता आचार्यले बताइन ।
स्कुलले एक्काइसौँ शताब्दीको शिक्षण सिकाई पद्धति अन्तर्गतका विभिन्न क्रियाकलापहरू गराई राखेको भएतापनि शिक्षण सिकाईमा एकीकृत स्टिम विधि पनि महत्वपूर्ण हुन सक्ने विश्वास गर्दै सो पद्धतिलाई शैक्षिक सत्र २०८१ मा कार्यान्वयन गर्नको लागि काठमाडौँ विश्वविद्यालयसँगको सहकार्य जरुरी भएको आचार्यले बताइन ।
सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइटेल र किन्डरजोय मन्टेश्वरी स्कुलका तर्फबाटद प्रिन्सिपल रिता आचार्यले हस्ताक्षर गरेका थिए ।