काठमाडौँ /२३ फागुन – पाठ्यक्रम विकास केन्द्रले अध्ययन तथा अनुसन्धानात्मक कार्यका लागि प्रस्ताव आह्वान गरेको छ । एकीकृत पाठ्यक्रम (कक्षा १–३) को प्रभावकारिता मूल्याङ्कन, विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकको लम्बीय तथा क्षितिजीय तादात्म्य अध्ययन, विद्यालय तहको साधारण र प्राविधिक तथा व्यावसायिक धारका पाठ्यक्रम तथा पाठ्यसामग्रीको गुणस्तर विश्लेषणका लागि अध्ययन तथा अनुसन्धानात्मक कार्य परामर्श सेवामार्फत गराउन प्रस्ताव आह्वान गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अध्ययन तथा अनुसन्धानात्मक कार्य परामर्श सेवामार्फत गराउनु पर्ने भएकोले इच्छुक सेवा प्रदायकहरूले १५ दिनको कार्यालय समयभित्र प्रस्ताव फाराम खरिद गरी १६ दिनको दिउँसो १२ः०० बजेभित्र आर्थिक र प्राविधिक प्रस्ताव छुट्टाछुट्टै पेस गर्नुपर्नेछ ।