काठमाडौँ /२२ फागुन – शिक्षक सेवा आयोगले फागुन २ गते सार्वजनिक गरेको निम्नमाध्यमिक तहको तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनमा संशोधन गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयका पदहरु थप घट भइ आएकेले विज्ञापनमा संशोधन गरेको हो ।
आयोगले नेपाली विषयका लागि ११७, अङ्ग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३, सामाजिकका लागि १२२, गणित–विज्ञानका लागि ६५, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको थियो ।
नयाँ विज्ञापन अनुसार नेपाली विषयका लागि १२०, अङ्ग्रेजीका लागि १८४, गणितका लागि १३३, विज्ञानका लागि १६८, सामाजिकका लागि १२४, गणित–विज्ञानका लागि ७२ पद भएको छ भने अन्य विषय यथावत रहेका छन् । त्यसमध्ये, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १ संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको छ ।