तनहुँ/११ माघ – तनहुँ शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटार स्थित सामुदायिक विद्यालय श्री सरस्वती नमुना माध्यमिक विद्यालयले सिकाई मेला २०८० को आयोजना गरेको छ । विद्यार्थीभित्र भएको क्षमता, सिकाई तथा कलालाई प्रस्फुटन गराउने उदेश्यले मेलाको आयोजना गरेको हो ।
विद्यार्थीहरूले कक्षा कोठामा सिकोको कुरा मेलामा प्रदर्शन गर्ने विद्यालयका शिक्षक सञ्जीव श्रेष्ठले जानकारी दिएका छन् । साथै विद्यार्थीले निर्माण गरेका शैक्षिक सामग्रीको प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम र कक्षा ९ र १० का विद्यार्थीलाई परामर्श दिइने उनले बताए ।
त्यसैगरी सहभागी विद्यार्थीहरूबाट निर्माण गरिएका सामाग्रीहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कृत गरिने र सहभागीलाई प्रमाणपत्र उपलब्ध गराईने बताए ।
यही माघ १९ गते शुक्रवार विद्यालय प्राङ्गणमा हुने मेलामा सहभागी हुन चाहाने विद्यालयहरूले माघ १७ गतेभित्र स्टल बुकिङ गर्नुपर्ने छ, भने स्टल निःशुल्क उपलब्ध गराइने श्रेष्ठले बताए ।




