काठमाडौँ /९ माघ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव माग गरेको छ । चालू आ.व. २०८०/०८१ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरूसँग प्रस्ताव माग गरेको हो ।
विद्यालयहरूले तोकिएको ढाँचाको प्रस्ताव मिति यही माघ २९ गतेभित्र सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
केन्द्रले विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम ( ४ कोठे विद्यालय भवन), विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा पुस्तकालय स्थापनाका लागि अनुदान, प्राविधिक धारका शिक्षाको पहुँच नपुगेका स्थानीय तहका लागि प्राविधिक धारका विद्यालय विस्तार सहित प्रस्तावका लागि प्राथमिकताका क्षेत्रहरु तोकेको छ ।



