वीरगन्ज/७ माघ – मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै विद्यार्थीको मृत्यु भएको हो ।
धनुषा ५ का सुमित यादव र बारा हर्दिया सुवर्णपुरका सञ्चित यादवको वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटन भएर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
दुबैजना नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन । उक्त मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।



