काठमाडौँ /४ माघ – शिक्षक सेवा आयोग निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको अंग्रेजी,गणित,विज्ञान र सामाजिकको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । गत पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको गण्डकी प्रदेशको अंग्रेजी,गणित,विज्ञान र सामाजिक विषयको र कर्णाली प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहितको नतिजा प्रकाशन गरेको छ ।



