काठमाडौँ /४ माघ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै वर्षदेखि सुरु गरिने बताएकी छन् ।
बिहीबार आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै वर्षबाट सुरु हुने बताएकी हुन् ।



