चिसोले विद्यालय बन्द

हुम्ला/२९ पुस – चिसो बढ्न थालेपछि हुम्लाका विद्यालय बन्द भएका छन् । हुम्लाका सबै स्थानीयतहमा रहेका विद्यालयमा वार्षिक परीक्षा सकेर फागुन २ गतेसम्मका लागि बन्द गरिएको हो ।


हिमाली जिल्लाका विद्यालयमा हिउँदको समयमा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर विदा गरिएको स्थानीय तहहरुले जानकारी दिएका छन् । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको छ ।


जिल्लाको सातवटा स्थानीय तहभित्र एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् ।