विदेशी विद्यार्थी माथि बेलायतको कडाई : आफ्ना परिवार लान नपाउने (हेर्नुहोस निर्णय)

बेलायत/२७ पुस – बेलायतमा विदेशी विद्यार्थीहरूले आफ्ना परिवारलाई लान नपाउने भएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीले अबदेखि परिवारलाई ल्याउन नपाउने बताएका हुन् ।


कही दिन अगाडी नयाँ भिसा कानुनको घोषणा गर्दै बेलायत सरकारले विदेशी विद्यार्थी माथि कडाई गरेको हो । बेलायतका गृहमन्त्री जेन्स क्लेबर्डलीले विदेशी विद्यार्थीले आफ्नो परिवारलाई अव्यवहारीक अभ्यास गरिरहेको बताएका छन् । सरकारको यो निर्णयले बेलायतमा हुने आप्रवासन सङ्ख्या घट्ने उनले बताए ।


गत मे महिनामा नै बेलायत सरकारले यो घोषणा गरेको थियो । यद्यपि यो निर्णयले अन्तराष्ट्रिय क्षेत्रमा पढाईको डेष्टिनेशन बनेको बेलायतको सम्मानमा धक्का पुग्ने भन्दै आलोचना पनि भइरहेको छ । नयाँ कानुन अन्तर्गत गत सोमवारबाट बेलायतमा पढाई सुरु गरेका विदेशी विद्यार्थीले डिपेन्डेनका लागि भिसा पाउने छैनन् । पोस्ट ग्य्राजुएट, रिसर्च कार्यक्रम वा सरकारले स्पन्सर गरेको कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीमा भने यो नियम लागु हुने छैन ।


सुनक नेतृत्वको सरकारले आप्रवासनको सङ्ख्या घटाउन विभिन्न प्रयास गरिरहेको छ । बेलायतमा रहेका विश्वका चर्चित विश्वविद्यालयमा विश्वबाट हजारौँ विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् । तर पछिल्लो समय उनिहरूले डिपेन्डेन भिसामा परिवार ल्यउन थालेपछि आप्रवासी समस्या बढ्दै गएको छ । बेलायतको नयाँ कानुनले त्यहा अध्ययन गरिरहेका नेपाली विद्यार्थी र तिनका परिवार पनि प्रभावित हुने भएका छन् । साथै नेपालबाट अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरूले समेत परिवार लान पाउने छैनन् ।


त्यसैगरी यस भन्दा अगाडी बेलायत पुगेका नेपाली विद्यार्थीहरू शरणार्थी भएर बेलायतमा बस्न बाध्यभएको समेत उनीहरूले खबर एजुकेशनलाई जानकारी दिएका छन् । केही शैक्षिक परामर्श संस्थाहरूले नो आईईएलटिएसका नाममा विद्यार्थीहरूलाई बेलायत पठाएपछि उनिहरू समस्यामा परेका हुन् ।


हेर्नुहोस निर्णय :

https://www.gov.uk/government/news/tough-government-action-on-student-visas-comes-into-effect#:~:text=From%201%20January%202024%2C%20tough,family%20members%20to%20the%20UK.&text=Restrictions%20to%20student%20visa%20routes,abuse%20of%20the%20immigration%20system.