शिक्षा पत्रकार सिलवाललाई विहार श्री रत्न सम्मान

विहार/२५ पुस – भारतको विहारमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका शिक्षा पत्रकार प्रकाश सिलवालसहित दक्षिण एसियाली मुलुकका प्रबुद्ध व्यक्ति, पत्रकार र मानवअधिकारकर्मी विहार श्री रत्न र अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित र पुरस्कृत भएका छन् ।


वैशाली जिल्ला प्रतिष्ठान, मानवअधिकार (टुडे पत्रिका), सार्क पत्रकार मञ्च (सार्क जर्नालिष्ट फोरम), विहार च्याप्टरको आयोजनामा यही पुस २१ र २२ गते भएको आम्रपाली कला साहित्य अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।


राससका वरिष्ठ समाचारदाता सिलवाल शिक्षा पत्रकार समाज र मंचको नेपाल च्याप्टरका अध्यक्ष छन् । कार्यक्रममा नेपालका १९ पत्रकार सहभागी थिए ।