बाँके/२२ पुस – काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र प्यब्सन बाँकेबिच विद्यालयहरूको नेतृत्व पदमा रही कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालनका लागि दुई संस्थाबिच सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तर्गत सिपिइसी युनिट मार्फत तालिम सञ्चालन गर्ने गरी सहमति भएको हो ।
क्षमता अभिवृद्धि सम्बन्धी तालिम ३ क्रेडिट ९४८ घण्टा० को हुनेछ । तालिमलाई विभिन्न माध्यमहरू भौतिक उपस्थिति तथा अनलाईन मार्फत सञ्चालन गरिनेछ । तालिमको क्रममा सिपिइसी युनिटले व्यक्तिगत कार्य तथा समूहगत कार्यहरू दिइने र उक्त कार्यको अवलोकन, मूल्याङ्कन तथा पृष्ठपोषण समेत दिने व्यवस्था गरिएको छ ।
सहभागीहरूको उपस्थिति तथा तालिमको दौरानमा दिइएको कार्यहरूको आधारमा मूल्याङ्कन गरी प्रमाणपत्र प्रदान गरिने समेत सिपिइसीले जनाएको छ । यस तालिमले विद्यालयको नेतृत्वमा रहेका शिक्षकहरूको क्षमता अभिवृद्धि भै मानवीय संसाधनको परिचालन तथा शैक्षिकस्तर सुधार हुने अपेक्षा राखिएको छ ।
सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका तर्फबाट सह प्राध्यापक डा हेमराज काफ्ले तथा प्यब्सन बाँकेको तर्फबाट सरद चन्द्र रावलले हस्ताक्षर गरेका छन् । सम्झौताको क्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनको तर्फबाट डा सिद्धार्थ ढुङ्गाना र डा पार्वती ढुङ्गानाको उपस्थिति रहेको थियो ।



