काठमाडौँ /२२ पुस – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते सार्वजनिक गरेको सूचना रद्द गरेको छ । समितिले उपकुलपतिका लागि २० गतेको गोरखापत्र दैनिकमा प्रकाशित दरखास्त आह्वानसम्बन्धीको सूचना रद्ध गरेको हो ।
त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्वानसम्बन्धी मिति २०८०/९/२० गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना समितिको मिति २०८०/०९/२१ को निर्णयानुसार रद्ध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ समितिले जारी गरेको सूचनामा भनिएको छ ।
समितिले उपकुलपति छनौटका लागि भन्दै पुस २० गते जारी गरेको सूचनामा निर्धारण गरिएको योग्तामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्षकाम गरेको हुनुपर्ने भनिएको थियो । उक्त मापदण्ड प्रति धेरैले विरोध जनाएपछि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनामो मापदण्ड सच्याएर अर्को सूचना जारी गर्न निर्देशन दिएका थिए ।


