छात्रवृत्तिका लागि आवेदन माग

काठमाडौँ /१९ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले स्नातक तह तथा स्नातकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चीन सरकारद्वारा नेपाल सरकारलाई सन् २०२४/०२५ का लागि प्रदान गरेको छात्रवृत्ति कोटाका लागि आवेदन माग गरेको हो ।

इन्जिनियरिङ तथा कृषि विषयको स्नातक तह तथा स्नातकोत्तर तहको छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक उम्मेदवारले २०८० पुस १८ गतेदेखि पुस मसान्तसम्म मन्त्रालयको छात्रवृत्ति शाखामा दरखास्त दिनुपर्ने छ ।

विस्तृत जानकारी यहाँबाट हेर्नुहोस :

https://www.moest.gov.np/upload_file/files/post/1704272728_1467339405_notics.pdf