काठमाडौँ /९ पुस – प्रधानमन्त्री पुष्पकाल दाहालले रोजगारीका कारणले मात्रै सबै विदेश नगएको बताएका छन् । उनले राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै आफ्नै घरको खाना खाएर महिनाको ८० हजार तलब खाने शिक्षकहरू ८० लाख तिरेर विदेश जाने लहर चलीरहेको भन्दै रोजगारी मात्रै यसको कारण नरहेको बताएका हुन् ।
दाहालले विद्यालयमा समेत नैतिक शिक्षा हटाईको बताउँदै देशको माया, राष्ट्रभक्त, राष्ट्रप्रेम मर्दै गएका कारण विदेश पलाएन हुने गरेको बताए । नेपाल खत्तम छ, सकिसक्यो यहाँ भ्रष्टाचार बाहेक केही हुँदैन,रोजगारी छैन, यहाँ विकास हुँदैन र यो देशमा बस्नु बेकार छ भन्दै विदेश जाने प्रक्रिया चलीरहेको आफूले देखिरहेको बताए । यस्तो प्रक्रियासँग आफू असहमत रहेको बताउँदै नेपाल सुन्दर भएको, प्रस्त स्रोत साधन भएको र उर्वरभूमि भएकोले धेरै सम्भावना रहेको उनको भनाई थियो ।
यस्ता कारणले शिक्षा नीति सदनमा भएको र छलफल गरेर प्रारम्भिक समयमै शिक्षा नीतिमा सोच्नुपर्ने बताए । उनले भने ‘पहिला पहिला विद्यालयमा १ सय पूर्णाङ्कको नैतिक शिक्षा हुने गरेको थियो । आज भोलि हटाइयो । नैतिक शिक्षामा देशको माया,इतिहासको माया, संस्कृतिको माया देशको विकास गर्ने, राष्ट्रिय भावनाका कुरा हुन्थे ।’
त्यसैगरी रोजगारी नपाएरै सबै विदेश गएको सत्य नभएको उनको भनाई थियो । उनले प्रश्न गर्दै भने ‘अन्त गएर चर्पी सफा गरेपनि हुने, आफ्नै घरको खाना खाएर महिनाको ८० हजार तलब खाने शिक्षकहरू ८० लाख तिरेर विदेश जाने लहर किन चलीरहेको छ, रोजगारी नपाएर हो त ? ‘



