मेरिटको आधार विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ /३ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक भागबन्डाको अन्त्य गर्ने बताउँदै योग्यताको आधारमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गरेपछि सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।


सोमवार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् ‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुन गयो । आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु । यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्दछु। राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु ।’