काठमाडौँ /२८ मंसिर – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइइमबी)ले निजी तथा आवसीय विद्यालयहरूको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको सुरूवात गरेको छ ।
काठमाडौंमा मंसिर २९ र ३० गते हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।
साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ । यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरूलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ ।
साथै, डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।



