काठमाडौँ /२२ मंसिर – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले विज्ञ सूची अद्यावधिकका लागि विवरण माग गरेको छ । अनलाईन मार्फत मार्फत विज्ञ सूची तयार गर्ने लागिएको भन्दै विद्यालय तथा क्याम्पसमा अध्यापनरत शिक्षकहरूसँग विवरण माग गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यहरूमा सहभागी हुन चाहने विषय विज्ञहरूको सूची विद्यालय मार्फत प्रविष्ट गर्ने उद्देश्यले बोर्डले अनलाइन पोर्टलबाट विवरण मागेको छ ।
विद्यालय तथा क्याम्पसमा अध्यापनरत शिक्षकहरूसँग अध्यापन गरिरहेको विषय, उत्तीर्ण माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, विशिष्टीकृत विषय र अध्यापन अनुभव तथा बोर्डमा कार्य गर्न चाहेको क्षेत्र सहितको विवरण हरेक शिक्षकको अलग अलग व्यक्तिगत विवरण पठाउन भनेको छ ।



